Kathmandu Press

चर्चित गायिका नेहा कक्कड आमा बन्दै

काठमाडौं, पुस ३ : चर्चित भारतीय गायिका नेहा कक्कड आमा बन्न लागेकी छन्।इन्डियनल आइडलकी जज एवं गायिका कक्कडले आफू गर्भवती रहेको सामाजिक सञ्जालमार्फत...
चर्चित गायिका नेहा कक्कड आमा बन्दै

काठमाडौं, पुस ३ : चर्चित भारतीय गायिका नेहा कक्कड आमा बन्न लागेकी छन्।

इन्डियनल आइडलकी जज गायिका कक्कडले आफू गर्भवती रहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। उनले पति रोहन प्रित सिंहसँगै बेबी बम्प देखिने फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन्।

उनले फोटोको क्याप्सनमा लेखेकी छिन्, ख्याल रखा कर। यो फोटोलाई रोहनले पनि सेयर गरेका छन्।

यो फोटोमा कयौं भारतीय कलाकारले कमेन्ट गर्दै शुभकामना दिएका छन्।

नेहा र रोहनको तीन महिना अघि बिहे भएको थियो। उनीहरु सात महिना अघिदेखि प्रेम सम्बन्धमा थिए।

 

 

प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्