Kathmandu Press

साधना म्युजिक अवार्डका लागि आवेदन आह्वान

काठमाडौं, पुस ३ : साधना म्युजिक अवार्डको दोस्रो संस्करण आयोजना गर्न लागिएको छ।आयोजक सामना म्युजिक क्रियसनले साधना म्युजिक अवार्डका लागि आवेदन खुला गरेको...
साधना म्युजिक अवार्डका लागि आवेदन आह्वान

काठमाडौं, पुस ३ : साधना म्युजिक अवार्डको दोस्रो संस्करण आयोजना गर्न लागिएको छ।

आयोजक सामना म्युजिक क्रियसनले साधना म्युजिक अवार्डका लागि आवेदन खुला गरेको जनाएको छ। ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन,  कलागला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नाराका साथ दोस्रो साधना म्युजिक अवार्ड आयोजना गर्न लागिएको हो।

यस वर्षको अवार्डमा पनि नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधा समेटिएको जनाएको छ।

अवार्डमा २०७६ वैशाख १ गतेदेखि २०७७ मंसिर १ गतेसम्म बजारमा आएका नेपाली गीत संगीतले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ

आयोजक सामना क्रियसन अध्यक्ष सामना शाहले नेपाली मौलिक लोक गीत संगीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्य अवार्डको आयोजना गर्न लागिएको बताइन्।

 

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्