Kathmandu Press

कमेडी च्याम्पियन अर्को महिनादेखि सुरु हुने

काठमाडौं, पुस २ : रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अर्को महिनादेखि प्रसारण हुने भएको छ।कमेडी च्याम्पियनको अहिले अडिसनको छायाँकन चलिरहेको छ। पुस १...
कमेडी च्याम्पियन अर्को महिनादेखि सुरु हुने

काठमाडौं, पुस २ : रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अर्को महिनादेखि प्रसारण हुने भएको छ।

कमेडी च्याम्पियनको अहिले अडिसनको छायाँकन चलिरहेको छ। पुस १ गतेदेखि अडिनसको छायाँकन सुरु भएको आयोजकले जनाएका छन्।

यस पटक अनलाइनमार्फत अडिसिन लिइएको थियो। डिजिटल अडिसनमा  ६ हजारभन्दा बढीले सहभागिता जनाएको निर्देशक विशाल भण्डारीले बताए।

डिजिटल अडिसनबाट छनोट भएका प्रतिस्पर्धीमध्ये एक सय ८० जनालाई छायाँकनका लागि बोलाइएको छ। अहिले उनीहरु अडिसन चलिरहेको छ। यो शनिबारसम्म चल्ने भण्डारीले बताए।

यस सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेका छन्। केकी अधिकारी निर्माता रहेको कार्यक्रम रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन्।

 

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, पुस २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्