Kathmandu Press

बलिउड अभिनेता अर्जुन रामपाललाई फेरि नार्कोटिक्सको पुर्जी

काठमाडौं, मंसिर ३० : लागूऔषधिसम्बन्धी छानबिनमा भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले बलिउड अभिनेता अर्जुन रामपाललाई फेरि सोधपुछका लागि बोलाएको छ।अभिनेता रामपाललाई बुधबार सोधपुछका...
बलिउड अभिनेता अर्जुन रामपाललाई फेरि नार्कोटिक्सको पुर्जी

काठमाडौं, मंसिर ३० : लागूऔषधिसम्बन्धी छानबिनमा भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले बलिउड अभिनेता अर्जुन रामपाललाई फेरि सोधपुछका लागि बोलाएको छ।

अभिनेता रामपाललाई बुधबार सोधपुछका लागि एनसीबीले बोलाएको छ। उनलार्य पठाएको पुजीमा बुधबार बिहान ११ बजे एनसीबीको कार्यालयमा उपस्थित हुन भनिएको छ।

यस अघि पनि एनसीबीले उनलाई सोधपुछका लागि बोलाएको थियो। नोभेम्बर १३ उनीसँग सोधपुछ गरिएको थियो।

त्यस्तै, एनसीबीले उनको घरमा छापा पनि हानेको थियो। नोभेम्बर ९ मा छापा हान्दा केही भेटिएको थिएन्।

त्यस्तै, रामपालकी प्रेमिका गैब्रिएला डेमेट्रियड्ससँग पनि सोधपुछ गरिएको थियो। उनका ड्राइभरलाई हिरासतमा लिएको थियो।

 

प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, मंसिर ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्