Kathmandu Press

गायक भट्टराईको नयाँ गीत ‘राजा-राजा भन्थी, बाजा बजाएर गई’ (भिडियो) 

काठमाडौं, मंसिर ३० : लोक दोहोरी मात्र नभएर आधुनिक गायक तथा सर्जक रमेश राज भट्टराईले नयाँ गीत ‘राजा’ (बहुला ३) बजारमा ल्याएका छन्...
गायक भट्टराईको नयाँ गीत ‘राजा-राजा भन्थी, बाजा बजाएर गई’ (भिडियो) 

काठमाडौं, मंसिर ३० : लोक दोहोरी मात्र नभएर आधुनिक गायक तथा सर्जक रमेश राज भट्टराईले नयाँ गीत ‘राजा’ (बहुला ३) बजारमा ल्याएका छन् ।

पछिल्लो समय गीतसंगीतको बजारमा चर्चामा रहेका भट्टराईले दर्शकलाई लामो समय प्रतिक्षा गराएर ‘राजा राजा भन्थी, बाजा बजाएर गई’ बोलको गीत सार्बजनिक गरेका हुन् । बहुला गीतबाट अत्यधिक चर्चामा रहेका भट्टराईले बहुला २ राखी बाट थप सफलता पाएका थिए ।

Hardik ivf

बहुला एल्वमबाट हौसिएका भट्टराईले यो गीत बजारमा ल्याएका हुन् । गीतमा भट्टराई स्वंयमको शब्द, संगीत र स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेस थापा र सुप्रिमा भट्टराईको दमदार अभिनय रहेको छ ।

आफ्ना अघिल्ला गीत जस्तै यो गीतले पनि चर्चा कमाउनेमा गायक भट्टराई ढुक्क देखिन्छन् । भट्टराईको आफ्नै युटुबबाट सोमबार सार्बजनिक गरिएको गीत एक लाख वढी दर्शकले हेरिसकेका छन् । 

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, मंसिर ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्