Kathmandu Press

सलमानको फिल्ममा महिमा मकवाना

काठमाडौं, मंसिर २८ : सलमान खानको नयाँ फिल्म 'अन्तिम : द फाइनल ट्रुथ'को सुटिङ सुरु भएको छ।यस फिल्ममा सलमानसँगै आयुष शर्माको भूमिका रहेको...
सलमानको फिल्ममा महिमा मकवाना

काठमाडौं, मंसिर २८ : सलमान खानको नयाँ फिल्म 'अन्तिम : द फाइनल ट्रुथ'को सुटिङ सुरु भएको छ।

यस फिल्ममा सलमानसँगै आयुष शर्माको भूमिका रहेको छ। अभिनेत्रीको भूमिकामा भने फेरबदल भएको छ।

यस अघि 'बालिका वधु'की फेम अभिनेत्री अविका गौर खेल्ने तय भएको थियो। तर, अहिले भने अविकाको ठाउँमा टिभी अभिनेत्री महिमा मकवाना देखिने भएकी छिन्।

अविकाले अस्वीकार गरेपछि महिमालाई ल्याइएको भारतीय मिडियाले जनाएका छन्। महेश मान्जरेकरको निर्देशन रहेको यो फिल्ममा महिमाले डेब्यू गर्न लागेकी हुन्।

 

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, मंसिर २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्