Kathmandu Press

पूर्व-पश्चिम रेलमा १२ अर्ब सकियो, रेलमार्ग निर्माण अन्योलमै

काठमाडौं, वैशाख २७ : पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि अर्बौं रुपैयाँ खर्च गरिएको छ तर, निर्माणको काम भने सुरू हुन सकेको छैन्। कहाँबाट कसरी क....

पूर्व-पश्चिम रेलमा १२ अर्ब सकियो, रेलमार्ग निर्माण अन्योलमै
काठमाडौं प्रेस

काठमाडौं, वैशाख २७ : पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि अर्बौं रुपैयाँ खर्च गरिएको छ तर, निर्माणको काम भने सुरू हुन सकेको छैन्। कहाँबाट कसरी काम सुरू गर्ने भन्ने अन्योल रहेको छ।

पूर्व–पश्चिम रेलमार्गको लागि सरकारले २०६६/६७ देखि बजेट विनियोजन गर्दै आएको छ। रेल विभागका अनुसार, पूर्व–पश्चिम राजमार्गका लागि यो १० वर्षमा १२ अर्ब १३ करोड रुपैयाँ खर्च गरिएको छ।

सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा पनि पूर्व–पश्चिम रेल मार्गका लागि ४ अर्ब ४८ करोड बजेट विनियोज गरेको थियो । रेल विभागले परामर्शमा दुई अर्ब  ९३ करोड खर्च खर्च भइसकेको छ।

Hardik ivf

त्यस्तै, रेलमार्ग निर्माण हुने स्थानको जग्गाको मुआब्जा वितरणमा तीन अर्ब ८६ करोड र निर्माण कार्यलगायतका कामका लागि पाँच अर्ब ३३ करोड खर्च भएको रेल विभागले जनाएको छ।

यति धेरै खर्च भएपनि रेलमाग निर्माणको कामले भने गति लिन सकेको छैन्। अझै कसरी काम सुरु गर्ने भन्ने एकीन भएको छैन्। ‘रकम खर्च भएको छ, कामले गति लिन सकेको छैन,’ रेल विभागका एक अधिकारीले भने, ‘रेलरेल मात्र भनेर हुँदैन, स्पष्ट भिजन चाहिन्छ। हामीसँग स्पट भिजननै छैन्।’

रेल विभागले पूर्व–पश्चिम रेलमार्गको डीपीआर तयार भएको जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्जमा बाइपास गरेर रेलमार्ग निर्माण गर्ने गरी डीपीआरको काम भइरहेको जनाएको छ। त्यस्तै, निजगढ–हेटौँडा–भरतपुर क्षेत्रमा पनि डीपीआरकै काम भइरहेको छ।

विभागका सूचना अधिकारी अमन चित्रकारले अहिले बर्दिवास पश्चिम निजगढसम्म डीपीआर निर्माणको काम सकिएको बताए। ‘अब त्यो क्षेत्रमा रेलमार्गको निर्माणको काम सुरु हुन थालेको छ,’ चित्रकारले भने।

पूर्वको काँकडभिट्टदेखि पश्चिमको गड्डाचौकीसम्म रेलमार्ग निर्माण गरिने छ। यसको दूरी नौ सय ४५ देखि एक हजार किलोमिटरसम्म हुने विभागले जनाएको छ।

अर्कातिर जग्गा अधग्रहणले पनि समस्या नित्याएको उनले बताए। ‘काम ढिलो गतिमा हुनुमा अर्को समस्या भनेको जग्गा खरिदमा हो,’ उनले भने।

रेलमार्ग निर्माणका सन् २०१० मा नेपाल–भारतबीच पनि सहमति भएको थियो। नेपालमा पाँच वटा नाकामा रेलमार्गले जोड्ने उल्लेख थियो। जसमा भारतको जलपाईगुडीदेखि काँकडभिट्टा, जोगबनीदेखि बिराटनगर, जयनगरदेखि जनकपुर-बर्दिवास र नेपालगन्जसम्म रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो।

अहिले जोगबनी-विराटनगर र जयनगर-जनकपुरमा मात्रै काम अगाडि बढेको छ।

 

 

प्रकाशित मिति: १३:२४ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्