Kathmandu Press

उज्वल केसीकाे फिल्म ‘रुट ६५’को ट्रेलर सार्वजनिक

काठमाडौं, मंसिर २६ : विदेशी कलाकारको समेत अभिनय रहेको फिल्म  ‘रुट ६५’को ट्रेलर सार्वजनिक भएको छ।उज्वल केसीको निर्देशन रहेको हरर फिल्ममा म्याक गेब्रियल,...
उज्वल केसीकाे फिल्म ‘रुट ६५’को ट्रेलर सार्वजनिक

काठमाडौं, मंसिर २६ : उज्वल केसीले निर्देशन गरेकाे फिल्म  ‘रुट ६५’को ट्रेलर सार्वजनिक भएको छ।

यस फिल्ममा म्याक गेब्रियल, अन्ना कलन्दाडजे, मुकेश पल, नाथाली अल्मीरा, लिसा टिमरम्यानदगायत विदेशी कलाकारको अभिनय रहेको छ।

यसको कथा तथा पटकथा लियो उजोमाले लेखेका हुन्। यो फिल्मको सम्पादन निर्देशक केसीले गरेका छन्।

यसको निर्माण टोम कोपेनोलले गरेका हुन्। यो फिल्म नेपाली, हिन्दी, डच र फ्रेन्च भाषामा पनि हेर्न सकिने जनाएको छ।

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, मंसिर २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्