Kathmandu Press

सन्दीपको टिम फाइनल प्रवेशका लागि चेन्नेइसँग भिड्दै

काठमाडौं, वैशाख २७ : आईपीएलको फाइनल प्रवेशका लागि सन्दीप लामिछानेको टिम आज चेन्नेइ सुपरकिंग्ससँग भिड्दै छ।

लिग चरणमा दोस्रो स्थानमा रहेको चे....

सन्दीपको टिम फाइनल प्रवेशका लागि चेन्नेइसँग भिड्दै

काठमाडौं, वैशाख २७ : आईपीएलको फाइनल प्रवेशका लागि सन्दीप लामिछानेको टिम आज चेन्नेइ सुपरकिंग्ससँग भिड्दै छ।

लिग चरणमा दोस्रो स्थानमा रहेको चेन्नेइ पहिलो क्वालिफायरमा मुम्बई इन्डियनसँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता मुम्बई भने फाइनल प्रवेश गरिसकेको छ। लिग चरणमा दोस्रो स्थानमा रहेकाले पहिलो क्वालिफायरमा पराजित भएपनि चेन्नेइले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

त्यस्तै, लिग चरणको तेस्रो स्थानमा रहेको सन्दीपको टिम दिल्ली इलिमिनेटरमा सनराईज हैदरावादलाई पराजित गर्दै क्वालिफायर अर्थात सेमिफाइनलमा प्रवेश गरेको हो।

आज दोस्रो क्वालिफायर अर्थात सेमिफाइनलमा दिल्ली र चेन्नेइ भिड्दै छन्। आज राति ८ बजे विशाखापट्नमस्थित डा.वाईएस राजशेखर रेड्डी स्टेडिममा दोस्रो सेमिफाइनल हुने छ।

श्रेयश एयरको नेतृत्वमा दिल्ली र महेन्द्रसिंह धोनीको नेतृत्वमा चेन्नेइ फाइनल प्रवेशका लागि भिड्ने छन्।

दिल्लीका तर्फबाट ६ खेल खेलका सन्दीप लामिछाने पछिल्ला चार खेलमा प्लेइङ–११ मा परेका छैनन्। हैदरावादसँगको खेलमा पनि सन्दीप बेन्चमै थिए। आजको खेलमा पनि खेलाउने/नखोलाउने टुंगो लागेको छैन्।

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, वैशाख २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्