Kathmandu Press

सातदिने अभिनय प्रशिक्षण सञ्चालन

सातदिने अभिनय प्रशिक्षण सञ्चालन
Hardik ivf

काठमाडौं, मंसिर २५ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ। प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते  र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिए।

उनका अनुसार धनगढीको प्रशिक्षणमा सहभागी १५ प्रशिक्षार्थीलाई नाट्यकर्मी नरेन्द्र बराल र नेपालगञ्जका २५ प्रशिक्षार्थीलाई वरिष्ठ नाट्यकर्मी वीरेन्द्र हमालले नाटक अभिनयका विविध पक्षमा प्रशिक्षण दिइरहेका छन्।

कोरोना महामारीले ठप्पप्रायः नाट्यकर्मलाई सावधानीपूर्वक विस्तारै चलायमान बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ। नेपाली नाट्य क्षेत्रलाई बृहत् बनाउन काठमाडौँ केन्द्रित नाट्यकर्मलाई देशका शहरमा विस्तार गर्ने उद्देश्यले नाटक अभिनय प्रशिक्षणको थालनी गरिएको सूचना अधिकारी वाग्लेले बताए।

प्रकाशित मिति: २३:०९ बजे, बिहीबार, मंसिर २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्