Kathmandu Press

होटल संघको अध्यक्षमा राणा निर्वाचित

काठमाडाैं, वैशाख २६ : होटल संघ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छिन्। बिहीबार काठमाडाैंमा भएको संघको साधारणसभाले अन्नपूर्ण होटलका प्....

होटल संघको अध्यक्षमा राणा निर्वाचित

काठमाडाैं, वैशाख २६ : होटल संघ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छिन्। बिहीबार काठमाडाैंमा भएको संघको साधारणसभाले अन्नपूर्ण होटलका प्रमुख कार्यकारी अधिकृत राणालाई अध्यक्षमा निर्वाचित गरेको हो।  

यस्तै, प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौं प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार निर्वाचित भएका छन्। 

यसैगरी, सदस्यहरुमा अमरमान शाक्य, दिनेशबहादुर विष्ट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, विनोशशंकर श्रेष्ठ, गोपाल राना, रामकुमारी पुरी, युवराज श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र भट्ट, ज्ञानेन्द्रकुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुङ, सिपी श्रेष्ठ, अशित शम्शेर जङ्गबहादुर राणा, राहुल चौधरी र भरतराज पराजुली निर्वाचित भएका छन्।  

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, वैशाख २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्