बलिउड अभिनेत्री कृति सनोनलाई कोरोना
काठमाडौं, मंसिर २४ : बलिउड अभिनेत्री कृति सनोनलाई कोरोना भाइरसको संक्रमण भएको छ।उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन्। उनी...
काठमाडौं, मंसिर २४ : बलिउड अभिनेत्री कृति सनोनलाई कोरोना भाइरसको संक्रमण भएको छ।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन्। उनी भरखरै छत्तिसगढबाट फर्केकी थिइन्। अभिनेता राजकुमार रावसँगै सुटिङ गरेर फर्केकी उनलाई कोरोना संक्रमण भएको हो।
उनले आफूलाई कुनै समस्या नदेखिएको पनि जनाएकी छन्। गाह्रो महसुस नभएपनि सतर्कता अपनाइरहेको कृतिले जनाएकी छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन पनि आग्रह गरेकी छिन्।
उनीसँगै फिल्म 'जुग जुग जिओ'का कलाकारहरु वरुण धवन, नितु कपूर, महेश पउललाई पनि संक्रमण देखिएको हो। सबैको अवस्था सामान्य रहेको जनाएको छ।
प्रकाशित मिति: १८:४५ बजे, बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












