Kathmandu Press

दिनेशको फिल्म ‘प्रकाश’मा प्रदीप खड्का

काठमाडौं, मंसिर २४ : निर्देशन दिनेश राउतको नयाँ फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का देखिने भएका छन्।यतिवेला निर्देशक राउत  ‘प्रकाश’ फिल्मको तयारीमा जुटेको छन्।...
दिनेशको फिल्म ‘प्रकाश’मा प्रदीप खड्का

काठमाडौं, मंसिर २४ : निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का देखिने भएका छन्।

यतिवेला निर्देशक राउत  ‘प्रकाश’ फिल्मको तयारीमा जुटेको छन्। उनले अभिनेताका रुपमा प्रदीपलाई रोजेका छन्।

यस फिल्मका लागि अभिनेत्रीको भने टुंगो लागेको छैन। अभिनेत्रीको खोजी भइरहेको उनले बताए। अडिसनमार्फत अभिनेत्रीको खोजी गर्ने तयारीमा लागेका छन्।

त्यस्तै, अन्य कलाकारको पनि खोजी भइरहेको छ। अन्य कलाकार पनि अडिसनमार्फत नै खोजिने उनले बताए।

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, मंसिर २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्