Kathmandu Press

रियालिटी सो ‘कथाकुथुंग्री च्याम्पियन’को अडिसन सुरु

काठमाडौं, मंसिर २३ : मौलिक कथामा अभियन गरिने रियालिटी सो ‘कथाकुथुङ्ग्री च्याम्पियन’को अडिसन सुरु भएको छ।यो रियालिटी सोको सूचना चौतारी सञ्चार सहकारी संस्था...
रियालिटी सो ‘कथाकुथुंग्री च्याम्पियन’को अडिसन सुरु

काठमाडौं, मंसिर २३ : मौलिक कथामा अभिनय गरिने रियालिटी सो ‘कथाकुथुङ्ग्री च्याम्पियन’को अडिसन सुरु भएको छ।

यो रियालिटी सोको सूचना चौतारी सञ्चार सहकारी संस्था लिले आयोजना गर्न लागेको हो। यसको अनलाइन माध्यमबाट अडिसन लिन लिइनेछ। त्यसपछि सातै प्रदेशका सहभागीबीच प्रतिस्पर्धा गराइने जनाएको छ।

आयोजक राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष एवं प्रमुख अतिथि दक्ष पौडेलले कलासंस्कृतिलाई जगेर्ना गर्नका यो सो आयोजना गर्न लागेको बताएका छन्। कोरोना भाइरसको महामारीका कारण अनलाइनबाट अडिसन लिन लागिएको उनले बताए।

यस सोका विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख ५० हजार र तेस्रोलाई ५० पचास हजार नगद पुरस्कार रहेको छ। यसको निर्णायकमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आर.के. मेहता र सरिता साह रहेका छन्।

प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, मंसिर २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्