कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु

काठमाडौं, मंसिर २२ : वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ औराहकी ७१ वर्षीया महिलाको मृत्यु भएको हो।
उनमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको आइसोलेसनका डाक्टरले बताएका छन्।
बाबा आइसोलेसनमा हाल ५ जना गम्भीर अवस्थाका संक्रमित रहेका छन् जसमध्ये २ जनालाई भेन्टिलेटरमै राखेर उपचार थालिएको छ।
प्रकाशित मिति: १९:४३ बजे, सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











