Kathmandu Press

तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार दिइने

काठमाडौं, मंसिर २२ : काठमाडौंको तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ।नगरपालिकाभित्र कोरोना संक्रमित...
तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार दिइने

काठमाडौं, मंसिर २२ : काठमाडौंको तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ।

नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिन लागिएको जनाएको छ।

कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए।

हाल नगरपालिकामा कोरोना संक्रमितको संख्या दुई हजार ८६ रहेको छ। एक हजार आठ सय २९ जना निको भएका छन्।

कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित दुई सय ५० जना पुगेका छन्। (रासस)

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्