Kathmandu Press

अभिनेत्री श्वेता खड्का आज बिहे गर्दै, यस्ता छन् मेहेन्दीका तस्बिर

काठमाडौं, मंसिर २२ : अभिनेत्री श्वेता खड्का आज बिहे गर्न लागेकी छिन्।उनी धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गर्न लागेकी हुन्। आज काठमाडौंको गोकर्ण फरेस्ट...
अभिनेत्री श्वेता खड्का आज बिहे गर्दै, यस्ता छन् मेहेन्दीका तस्बिर

काठमाडौं, मंसिर २२ : अभिनेत्री श्वेता खड्का आज बिहे गर्न लागेकी छिन्।

उनी धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गर्न लागेकी हुन्। आज काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा बिबाह हुन लागेको छ।

आजै उनले सामाजिक सञ्जालमा मेहेन्दी कार्यक्रमका तस्बिर सार्वजनिक गरेकी छिन्। मेहेन्दीका तस्बिर सेयर गर्दै श्वेताले लेखेकी छिन्, ‘मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म...’

कोरोना भाइरसको महाकारीका कारण बिहेको कार्यक्रममा सिमित व्यक्तिहरुलाई मात्रै निमन्त्रणा गरिएको छ। दुवैका परिवारजन र नजिकका आफन्तमात्रै सहभागी हुने जनाएको छ।

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, मंसिर २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्