Kathmandu Press

कोरोनाको वहानामा उपचारमा बढी शुल्क लिनेलाई कारबाही गरिने

काठमाडौं, मंसिर २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही...
कोरोनाको वहानामा उपचारमा बढी शुल्क लिनेलाई कारबाही गरिने

काठमाडौं, मंसिर २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएको बताए। बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिने उनले बताए।

कोभिड–१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

'कोभिड–१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न÷नगराउन अनुरोध छ,' सूचनामा भनिएको छ।

 

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, मंसिर २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्