दुई महिनासम्म सञ्चालन भएन ३८ लाखको पिसीआर मेसिन
महेन्द्रनगर, मंसिर २२ : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन।दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि...
महेन्द्रनगर, मंसिर २२ : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन।
दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी महाकाली अस्पताललाई हस्तान्तरण गरेको थियो। थियो तर, अहिलेसम्म सञ्चालनमा आएको छैन।
नगरपालिकाले पिसीआर मेसिन खरिद गरेर दिएपनि जनशक्ति र अन्य उपकरण खरिदको प्रक्रियागत कारणले ढिलाइ भएको महाकाली अस्पतालका सूचना अधिकृत नारद भट्टले बताए। अस्पतालमा प्रयोगशाला सञ्चालनको पूर्वतयारी थिएन, मेसिन आए पनि तयारी थाल्दा ढिलो भएकै हो, उनले भने।
प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टले बताए। अहिले प्राविधिक टोलीलाई तालिमका लागि पठाएको र फर्केपछि सञ्चालन हुने उनको भनाइ छ।
भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको जनाएको छ।
नगरपालिकाको कोडिभ–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिको जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो। (रासस)











