अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै, लेखिन् भावुक स्टाट्स
काठमाडौ, मंसिर २२ : अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनीे धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्...
काठमाडौ, मंसिर २२ : अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनीे धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।
उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विवाहको अघिल्लो दिन उनले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जीवनको नविन यात्रामा अगाडी वढेको भन्दै भावुक स्टाट्स समेत लेखेकी थिईन् ।
उनले भनेकी छिन्, एक्लै जीवन काट्न सकिन्छ, भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । अब उठ्नै सक्दिन कि, भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ ।
यस्तै उनले यो निर्णयबाट मृत्युलाई नरोजेर जीवन रोजेको समेत प्रष्ट पारेकी छिन् । उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।
बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।












