Kathmandu Press

टाइम म्यागेजिनको उत्कृष्ट वर्ष किशोरीमा गिताञ्जली राँव

१५ वर्षीय गिताञ्जली राँव पानीमा लिड नामक रासायनिक तत्वलाई पहिचान गर्ने यन्त्र आविष्कार गरेका कारण उक्त म्यागजिनको यस बर्षको पहिलो किशोरी वर्ष व्यक्ति घोषित भएकी हुन्।
टाइम म्यागेजिनको उत्कृष्ट वर्ष किशोरीमा गिताञ्जली राँव

काठमाडौं, मंसिर २२ : अमेरिकाको कोलोराडो प्रान्तमा पर्ने डेन्भर शहरकी एक किशोरी यस बर्षको प्रतिभावान बालिकाको रुपमा टाइम म्यागजिनको बर्ष व्यक्ति घोषित भएकी छन्।

१५ वर्षीय गिताञ्जली राँव पानीमा लिड नामक रासायनिक तत्वलाई पहिचान गर्ने यन्त्र आविष्कार गरेका कारण उक्त म्यागजिनको यस बर्षको पहिलो किशोरी वर्ष व्यक्ति घोषित भएकी हुन्।

Hardik ivf

एप र गुगल क्रोम एक्टेन्सन मार्फत उनले साइबर बजारको ठगी क्रियाकलापलाई पत्ता लगाउने काम समेत गरेकी छन्। टाइम म्यागेजिनको सम्मान पछि रावले आफूलाइ अन्य आविष्कारको लागि समेत पुरस्कारले प्रेरित गरेको बताएकी छिन्। ‘विश्वमा आइपर्ने  अन्य समस्या समाधानका लागि म अरुलाइ अभिप्रेरित गर्न सकुँ र यो पुरस्कारले थप नयाँ आविष्कारका लागि मलाइ हौसला दिएको छ,’ रावले भनिन्।

 यो उपाधिका लागि ५ हजार अमेरिकि छनोटमा परेका थिए। पाँच हजारबाट ५ जनामा छनोट हुँदै उनले यो पुरस्कार प्राप्त गरेकी हुन्। प्रतिस्पर्धामा रहेका पाँच जना मध्ये प्रख्यात टीवी प्रस्तोता ट्रेवर नूह र अन्य हास्य कलाकारहरु पनि थिए । रावका साथै अन्य ४ जनालाई आउँदो शुक्रवार टिभी स्पेशलमा विशेष तयारीका साथ सम्मान कार्यक्रम राखिएको छ ।

रावले आफू अझैपनि आविष्कारक नभइसकेको बताउँछिन्। पाको उमेर र सफेद अनुहारका व्यक्तिमात्रै  गाआविष्कारक जस्तो लाग्ने उनले बताइन्। ‘गोरो अनुहार र पाको उमेरका व्यक्तिमात्रै आविष्कारक हुन् झैँ लाग्छ। मेरो मानसपटलमा आविष्कारकको चित्रनै यस्तै छ। म त आविष्कारक जस्तो देखिन्नझैँ लाग्छ,’ टेलिभिजन अन्तरवार्तामा उनले अभिनेत्री एन्जेलिना जोलिसँग भनेकी छन्।

आफ्नो उद्देश्यले उचाइ लिएको रावको भनाइ छ। ‘मेरो उद्देश्यले उचाइ लिइसकेको छ । म आफ्नै आविष्कारले मात्र संसारको समस्यालाई समाधान दिन्छ भन्ने मान्यता त राख्दिन तर अरुलाई यस्तै कार्य गर्न हौसला दिनुचैँ मेरो उद्देश्य हो भन्ने ठान्दछु,’ रावले भनिन्।

टाइम म्यागेजिनले सन् १९७२ देखी ‘म्यान अफ द इएर’ उपाधिको आरम्भ गरेको थियो । यस उपाधिलाई परिमार्जित गर्दै ‘पर्सन अफ द इएर’ भनियो । उत्कृष्ट बालिका नामक उपाधि चाहीँ अहिलेसम्मकै पहिलो उपाधि हो । यस म्यागेजिनले बाल–बालिकाको लागि छुट्टै टाइम फर किड्स नामक पत्रिकाको पनि प्रकाशन गर्छ । बालबालिकाकै लागि अलग निक्लो नामकडियन टेलिभिजन च्यानलको प्रसारण पनि गर्दै आइरहेको छ ।

अघिल्लो वर्ष, जलवायु अभियन्ताका रुपले परिचित स्विडेनकी १६ वर्षीय ग्रेटा थनबर्गलाई पर्सन अफ द इयरका रुपमा पुरस्कृत गरेको थियो। ग्रेटा पर्सन अफ द इयरको उपाधि पाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। - द गार्जियनबाट

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, मंसिर २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्