Kathmandu Press

अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक

कर्णाली, मंसिर २१ : उच्च अदालतमा रिट परेपछि जिल्ला मालपोत कार्यालयले स्थानीय तहअनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको छ। मालपोतले सेवा प्रवाहलाई सहज...
अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक

कर्णाली, मंसिर २१ : उच्च अदालतमा रिट परेपछि जिल्ला मालपोत कार्यालयले स्थानीय तहअनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको छ। मालपोतले सेवा प्रवाहलाई सहज बनाउनुका साथै  कोभिड–१९ को महामारीबाट सुरक्षित रहन यस्तो निर्णय गरेको हो।

जिल्ला मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले हरेक साताको आइतबार, सोमबार चौकुने, बराहताल, चिङ्गाड, पञ्चपुरी, लेकवेशी र भेरीगङ्गा तथा मङ्गलबारदेखि शुक्रबारसम्म वीरेन्द्रनगर नगरपालिकाका सेवाग्राहीका लागि समय तोकिएको जानकारी दिइन्। सेवा तालिका आइतबारदेखि नै लागू भएको जनाइएको छ। यसअघि पहुँचका भरमा सेवाग्राहीले सेवा लिँदै आएका थिए।

मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक सास्ती झेल्नुपरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए। बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न मालपोत कार्यालयलगायत विपक्षीका नाउमा आदेश दिएको छ। रिट निवेदनमा मालपोतका साथै जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो।

प्रकाशित मिति: २३:०५ बजे, आइतबार, मंसिर २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्