Kathmandu Press

शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

फुङलिङ, मंसिर २१ : ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ। विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले...
शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

फुङलिङ, मंसिर २१ : ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ। विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ। 

लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँलिकाका प्रवक्ता र्थुककुमार चोङवाङले बताए। सबै विद्यालयमा आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाले उपलब्ध गराइ दिने प्रवक्ता चोङवाङले बताए।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई  बिहान कक्षा सञ्चालन हुने भएको छ।  कक्षा ८ देखि तलका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताए। शिक्षकलाई तोकिएको पोशाक अनिर्वाय लागाएर मात्र विद्यालय हाजिर हुनुपर्ने शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले जानकारी दिए। पोशाक लगाए÷नलगाएको बारे छड्के अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेले बताए।

गाउँपालिकामा माध्यमिक विद्यालय पाँच, निम्नमाध्यमिक विद्यालय तीन,  आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख कोम्देनले बताए।

प्रकाशित मिति: २२:४३ बजे, आइतबार, मंसिर २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्