अमेरिकामा एकै दिनमा २ लाख ३० हजार काेराेना संक्रमित थपिए
वासिङ्टन, मंसिर २१ : अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ। संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा...
वासिङ्टन, मंसिर २१ : अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ। संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ।
त्यसगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिबार राती ८ बजे जानकारी दिएको छ।
अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइरहेको जनाइएको छ। अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भइसेकेको छ।
प्रकाशित मिति: २०:४८ बजे, आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











