सुनको मूल्य प्रतितोला दुई रुपैयाँले कमी
काठमाडौं, मंसिर २१ : नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार ९...
काठमाडौं, मंसिर २१ : नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य इतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
तेजावी सुनको मूल्य भने ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। महासंघका अनुसार शुक्रबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १७:४५ बजे, आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
