Kathmandu Press

भक्तपुरमा कार दुर्घटना हुँदा युवतीको मृत्यु, तीन युवक घाइते

भक्तपुर, मंसिर २१ : भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा कार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन्।गएराति भएको...
भक्तपुरमा कार दुर्घटना हुँदा युवतीको मृत्यु, तीन युवक घाइते

भक्तपुर, मंसिर २१ : भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा कार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन्।

गएराति भएको बा ८ च ४७५६ नम्बरको कार दुर्घटनामा काठमाडौं महानगरपालिका–४, धुम्बाराही पिपलबोटकी ३० वर्षकी रिया श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले बताए।

दुर्घटनामा मध्यपुरथिमी नगरपालिका– १, लोकन्थीका कार चालक २६ वर्षीय रञ्जित कार्की, मध्यपुरथिमि नगरपालिका–५ राधेराधेका २६ वर्षीय विजय देउजा र सुर्यविनायक नगरपालिका–४ गाम्चाका २७ वर्षीय सुदप थापा घाइते भएका छन।

भक्तपुरबाट काठमाडौंतर्फ जादै गरेको कार अनियन्तित्र भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते रियालाई प्रहरीले तत्कालै मध्यपुर अस्पताल पुर्याएको थियो। चिकित्सकले असपताल पुर्याउने वितिक्कै मृत घोषणा गरेका थिए।

 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्