Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड, मंसिर २१ : कोरोना भाइरसको संक्रमणबाट धरानमा आज बिहान एक जनाको मृत्यु भएको छ।झापाको बिर्तामोड–८ की ४५ वर्षीय महिलाको धरानस्थित बीपी कोइराला...
धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड, मंसिर २१ : कोरोना भाइरसको संक्रमणबाट धरानमा आज बिहान एक जनाको मृत्यु भएको छ।

झापाको बिर्तामोड–८ की ४५ वर्षीय महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले बताए।

कोरोना संक्रमण भएपछि केही दिन अघि अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या रहेको थियो। उनी मुटुरोगबाट पनि पीडित थिइन्।

 

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्