मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, मंसिर २१ : मोटरसाइकलको ठक्करबाट गएराति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३०...
झापा, मंसिर २१ : मोटरसाइकलको ठक्करबाट गएराति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को २ प ६९७० नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा उनीटसँगै रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते भएका छन्। उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटना गराउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने भागेका छन्।











