Kathmandu Press

नम्रता श्रेष्ठले जितिन् मिस नेपाल–२०२० को उपाधि 

काठमाडौं, मंसिर २१ : मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले जितेकी छिन् । हिडेन ट्रेजरले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै...
नम्रता श्रेष्ठले जितिन् मिस नेपाल–२०२० को उपाधि 

काठमाडौं, मंसिर २१ : मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले जितेकी छिन् । हिडेन ट्रेजरले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरेकी हुन् ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडी समेत पाएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी समेत हुनेछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाए ।

Hardik ivf

उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाए । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुनुहुन्छ । आज गरिएको प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, मंसिर २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्