Kathmandu Press

कास्कीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु 

काठमाडौं, मंसिर २० :  कास्कीमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१२ का ८० वर्षीय पुरुष, पोखरा–११ की...
कास्कीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु 
सांकेतिक तस्वीर।

काठमाडौं, मंसिर २० :  कास्कीमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१२ का ८० वर्षीय पुरुष, पोखरा–११ की ७२ वर्षीया महिला र पोखरा–१७ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए। 

उनका अनुसार पोखरा–१२ का ८० वर्षीय पुरुष र पोखरा १७ का ५७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो भने पोखरा–११ की ७२ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो। 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ।

प्रकाशित मिति: २१:४३ बजे, शनिबार, मंसिर २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्