Kathmandu Press

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता 

काठमाडौं, मंसिर २० : प्रधानमन्त्री एवं सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच...
सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता 

काठमाडौं, मंसिर २० : प्रधानमन्त्री एवं सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटवार्तामा उनीहरुबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ। 

नेकपाको सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो। शनिबारको बैठकमा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने संकेत गरेपछि अध्यक्ष प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगेका हुन्। 

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता भएपछि मात्रै बैठक अघि बढ्न सक्ने अडान राख्दै आएको छन्। तर, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले भने दुवै अध्यक्षको प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल हुनु पर्ने अडान राख्दै आएका छन्।
 

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, मंसिर २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्