Kathmandu Press

सिरहामा लागुऔषधसहित दुई जना पक्राउ

सिरहा, मंसिर २० : सिरहामा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट  नरहा गाउँपालिका– ३ का...
सिरहामा लागुऔषधसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर।

सिरहा, मंसिर २० : सिरहामा प्रतिबन्धित लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। 

सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट  नरहा गाउँपालिका– ३ का ३२ वर्षीय मो रहसुन र कर्जन्हा नगरपालिका– ४ का २० वर्षीय राकेशकुमार शर्मालाई  लागुऔषधसहित पक्राउ गरेको हो।

भारतीय बजारतर्फबाट आइरहेका दुवै जनालाई शंका लागेर जाँच गर्दा शरीरमा लुकाइछिपाइ ल्याइरहेको लागुऔषध नाइट्रोभेट ट्याब्लेट ३० पत्ता बरामद भएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी सीमासुरक्षा बल माडरका सशस्त्र प्रहरी निरीक्षक अर्जुन कुँवरले जानकारी दिए। 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय माडरमा बुझाइएको छ।
 

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, मंसिर २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्