Kathmandu Press

कोरोना संक्रमणबाट सिरहामा थप एक जनाको मृत्यु

सिरहा, मंसिर २० : सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका...
कोरोना संक्रमणबाट सिरहामा थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

सिरहा, मंसिर २० : सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

 मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उपचारका क्रममा गएराति उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।
 

प्रकाशित मिति: १८:११ बजे, शनिबार, मंसिर २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्