पूर्वगृहमन्त्री स्वाँरको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्।सभापति देउवाले...
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सभापति देउवाले शुक्रबार शोक वक्तव्य जारी गरी पूर्वगृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका हुन्। पूर्वगृहमन्त्री स्वाँरको मंसिर १७ गते काठमाडौँमा ९४ वर्षको उमेरमा निधन भएको थियो।
विसं १९८४ मंसिर ९ गते जन्मिएका स्वाँरले विसं २००६ मा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएका थिए। स्वर्गीय स्वाँरका चार छोरी र दुई छोरा छन्।
प्रकाशित मिति: ०१:४१ बजे, शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











