Kathmandu Press

तस्वीरको डिजिटल लाइबेरी धन्सार शुभारम्भ

काठमाडौँ, १९ मंसिर : विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य...
तस्वीरको डिजिटल लाइबेरी धन्सार शुभारम्भ

काठमाडौँ, १९ मंसिर : विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्‍याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ।

अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ। 

शुक्रबार राजधानीमाआयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गरे। उनले यस्तो पोर्टल नेपालमा आजसम्म नभएकाले आवश्यक रहेको बताए । 

'यो पर्यटनसग पनि असाध्यै जोडिएको छ । नेपाल चिनाउनु छ सबै ठाउमा बोर्ड पुग्दैन । यो धन्सारले त्यस्तो ठाउमा काम गर्छ भन्ने मेरो बिश्वास छ । आगामी दिनमा सहकार्य गरि अघि बढ्न चाहन्छौ,' रेग्मीले भने, 'न्सारको माध्यमबाट नेपाललाई सन्सारभर चिनाउन सफल हुन्छ भन्ने पुर्ण आशा छ ।'

नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको पनि उनले बताए । कला संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उनले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गरेका थिए।

धन्सारका प्रमुख कार्यकारी अधिकृत बिनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताए । 'डेढ बर्ष अघिको योजना बिदेशीले यस्ता बस्तु स्टक गर्न हामिलाई प्रपोज गर्यो तर यो काम हामी आफैले किन नगर्ने रु भन्ने सोचेर हामिले यो स्थापना गर्न सफल भयौ । नेपालमै पहिलो पटक यस्तो गरेका हौं,' उनले भने, 'हामी सबैले यसमा सहकार्य गरौं । नेपाललाई देश बिदेशमा चिनाउन हातेमालो गरौ । फोटाग्राफरहरुले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्नेछन् ।'

 धन्सार माफत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने छ । आफ्नो सिर्जना बिक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्नेछ । धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने छ । प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ । 

धन्सार मार्फत बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् । धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सिर्जनाको मूल्य आफैं तोक्न पाउनेछन् । धन्सारमा उच्च गुणस्तरको दृश्य अपलोड गर्न सकिने छ । धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्नेछन् । त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: २३:५३ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्