सहकारी बजारले सिधैँ किसानलाई लाभान्वित गर्छ : मन्त्री अर्याल
काठमाडौं, मंसिर १९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीबाट उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताएकी छिन्।शक्रुबार काठमाडौंमा केन्द्रीय...
काठमाडौं, मंसिर १९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीबाट उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताएकी छिन्।
शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले अहिले उत्पादनको समस्या नरहेकाले उत्पादित सामग्रीको बजारीकरण प्रमुख चुनौतीका रुपमा रहेको बताइन्।
मन्त्री अर्यालले भनिन्,‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो। यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो। सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत बजारीकरण गर्न यो कार्यक्रमको सञ्चालन गरिएको हो। यसलाई देशव्यापी बनाउन आवश्यक छ।’
उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै मन्त्री अर्यालले यसलाई अझ विस्तार गरिने बताइन्। किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन्।











