Kathmandu Press

वर्ल्डलिंकद्वारा बालबालिकालाई न्यानो कपडा

काठमाडौं, मंसिर १९ : वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित बालबालिकालाई न्यायो कपडा प्रदान गरेको छ।वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक मनोज अग्रवाल र विजय...
वर्ल्डलिंकद्वारा बालबालिकालाई न्यानो कपडा

काठमाडौं, मंसिर १९ : वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित बालबालिकालाई न्यायो कपडा प्रदान गरेको छ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम, भक्तपुर शाखामा पुगेर आश्रित बालबालिकालाई न्यायो कपडा प्रदान गरेका हुन्। वर्ल्डलिंकले ११ लाख बराबरको न्यानो कपडा सहयोग गरेको आश्रमले जनाएको छ।

अहिले मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा  वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निःशुल्क उपलब्ध गराउदै आएको छ। त्यस्तै मानवसेवा आश्रम भक्तपुर शाखा उद्घाटन गर्दा पनि १० लाख रुपैयाँ सहयोग गरेको थियो।

 

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्