Kathmandu Press

विकल पुरस्कार तथा सम्मान ६ जनालाई प्रदान गरिने

काठमाडौं, मंसिर १९ : आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित विकल पुरस्कार तथा सम्मान ६ जनालाई प्रदान गरिने भएको छ।यस वर्षको विकल वाङ्मय साहित्य...
विकल पुरस्कार तथा सम्मान ६ जनालाई प्रदान गरिने

काठमाडौं, मंसिर १९ : आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित विकल पुरस्कार तथा सम्मान ६ जनालाई प्रदान गरिने भएको छ।

यस वर्षको विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि ३० हजार रहेको छ।

Hardik ivf

त्यस्तै, २० हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ। रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतिलाई प्रदान गरिने जनाइएको छ।

यस्तै, यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई प्रदान गरिने भएको छ। रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

यसैगरि रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ। यी सबै पुरस्कारको राशि १० हजार रहेको छ।  

यी सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले बताए।

रमेश विकल साहित्य प्रतिष्ठानले वाङ्मय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ। प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिसअनुसार सम्मानित हुने प्रतिभाको नाम सार्वजनिक गरिएको हो।

प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी सदस्य रहेका थिए।

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, मंसिर १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्