Kathmandu Press

१० किलो चरेससहित एक युवक पक्राउ

बैतडी, मंसिर १९ : बैतडीका एक युवक जनालाई १० किलो चरेससहित पक्राउ गरिएको छ।बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेससहित पक्राउ...
१० किलो चरेससहित एक युवक पक्राउ

बैतडी, मंसिर १९ : बैतडीका एक युवकलाई १० किलो चरेससहित पक्राउ गरिएको छ।

बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनलाई पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको उनले बताए।

विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। झोलामा चरेस बोकेर पैदल आइरहेका वेला पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्