Kathmandu Press

तनहुँ घटनाबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दैं 

काठमाडौ, मंसिर १८ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा २ बजे बस्ने बैठकमा बिहिबार वरिष्ठ नेता...
तनहुँ घटनाबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दैं 

काठमाडौ, मंसिर १८ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा २ बजे बस्ने बैठकमा बिहिबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुव्यवहारबारे छलफल हुनेछ । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ ।  

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, मंसिर १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्