विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौं : पौडेल
तनहुँं, मंसिर १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।तनहुँको व्यास नगरपालिका–१...
तनहुँं, मंसिर १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको बिहीबार उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले विकास निर्माणका लागि कांग्रेस सत्तामा नभए पनि प्रतिबद्ध रहेको बताए। उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि संघर्ष गर्नु पर्नेमा पनि जोड दिए।
कांग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो।
प्रकाशित मिति: ००:४४ बजे, शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











