Kathmandu Press

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज, मंसिर १८ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षीय वृद्धको उपचारका क्रममा बिहीबार...
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

नेपालगञ्ज, मंसिर १८ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षीय वृद्धको उपचारका क्रममा बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको ज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए। 

उनका अनुसार मंसिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो। रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो। योसँगै कोरोना संक्रमणबाट बाँकेका मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

प्रकाशित मिति: २३:०६ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्