Kathmandu Press

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, मंसिर १८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बंगलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन्।नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा...
राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, मंसिर १८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बंगलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन्।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो।

प्रकाशित मिति: २२:२३ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्