एक महिनाभित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी
काठमाडौं, मंसिर १८ : मंगलबार कक्षा १२ को सबै परीक्षा सकिए लगत्तै राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गर्ने तयारी थालेको छ। आगामी एक...
काठमाडौं, मंसिर १८ : मंगलबार कक्षा १२ को सबै परीक्षा सकिए लगत्तै राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गर्ने तयारी थालेको छ। आगामी एक महिना भित्र नतिजा सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
कोरोना भाइरसको कारण् परीक्षा स्थगित भई विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुनसक्ने सम्भावनालाई कम गर्न एक महिना भित्र नतिजा उपलब्ध गराइने बोर्डको भनाइ छ।
परीक्षाको नतिजा एक महिनामा उपलब्ध गराउन सके विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलको भनाइ छ। यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको उनले बताए ।
यस पटक विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै विद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साता भित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेल बताउँछन्। शिक्षकले उत्तरपुस्तिका परिक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाएपछि तीन साताभित्र अन्य कामहरु पूरा गर्ने बोर्डको तयारी छ।
मङ्सिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थीहरु भौतिक रूपमा सहभागी भएका थिए। भने देशभर चार हजार १०५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो। यस पटक कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतलाई आधार माने परीक्षार्थीहरुको मुल्यांकन गरिने बोर्डले जनाएको छ।











