Kathmandu Press

मालपोत कार्यालयविरुद्ध अदालतमा रिट

कर्णाली, मंसिर १८ : जिल्ला मालपोत कार्यालय सुर्खेतविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ। कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट...
मालपोत कार्यालयविरुद्ध अदालतमा रिट

कर्णाली, मंसिर १८ : जिल्ला मालपोत कार्यालय सुर्खेतविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ। कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन्। सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ।

रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ। अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको, मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलियामार्फत सेवा प्रवाह गर्ने गरेकाले अदालतमा रिट दायर गर्नुपरेको बताए।

साबिकको क्षेत्रीय सदरमुकामसमेत रहेको प्रदेश राजधानीमा घरजग्गाको कारोवारमा अत्यधिक वृद्धि भएसँगै मालपोतमा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ।

प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्