Kathmandu Press

सयौं कार्यकर्तासहित कांग्रेस नेता पौडेलले गरे बुल्दीखोला पुल उद्घाटन

काठमाडौं, मंसिर १८ : नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लाको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्। बुधबार उद्घाटन गर्न नपाएको पुल...
सयौं कार्यकर्तासहित कांग्रेस नेता पौडेलले गरे बुल्दीखोला पुल उद्घाटन

काठमाडौं, मंसिर १८ : नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्। 

बुधबार उद्घाटन गर्न नपाएको पुल पौडेलले बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित उद्घाटन गरेका हुन्।

कोरोना महामारीको समयमा सयौंको भिड नगर्न आग्रह गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि उनले पुल उद्घाटन गर्न पाएका थिएनन्। निषेधाज्ञाको समयमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले हिजो तीन घण्टा नियन्त्रणमा समेत लिएको थियो।

बिहीबार भने नेता पौडेलले कसैको अवरोध बिना पुल उद्घाटन गरेका हुन्।

प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्