गोकर्णेश्वरमा आमाछोरी मृत र श्रीमान अचेत अवस्थामा फेला
काठमाडौं, मंसिर १८ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा आमा छोरी मृत अवस्थामा भेटिएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र...
काठमाडौं, मंसिर १८ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा आमा छोरी मृत अवस्थामा भेटिएका छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा भेटिएको हो। शेर्पाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार अचेत अवस्थामा भेटिएका दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ।
किरान पसल सञ्चालन गर्दै आएका शेर्पाका परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। राति सुत्दा हिटर बालेर सुतेको कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
आमा छोरीको शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:५० बजे, बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











