सुटिङमा ब्रेन स्टाेक भएका अभिनेता राहुल राय खतरामुक्त
मुम्बई, मंसिर १८ : सुटिङका क्रममा ब्रेन स्टोक भएका बलिउड अभिनेता राहुल रायको अवस्था समान्य बन्दै गएको छ।अभिनेता राय बलिउड फिल्म एलएसीः लाइन...
मुम्बई, मंसिर १८ : सुटिङका क्रममा ब्रेन स्टोक भएका बलिउड अभिनेता राहुल रायको अवस्था सामान्य बन्दै गएको छ।
अभिनेता राय बलिउड फिल्म एलएसीः लाइन द ब्याटलको सुटिङका क्रममा बिरामी परेका थिए। गलवान भ्यालीको माइनस १२ डिग्री सेन्टिग्रेडमा भइरहेको सुटिङका क्रममा उनलाई ब्रेन स्टोक भएको थियो।
सुरुआतमा उनको श्रीनगरमा उपचार भएको थियो। त्यहाँ स्वास्थ्यमा सुधार नआएपछि एयर लिफ्टमार्फत मुम्बई ल्याइएको थियो।
५२ वर्षीय रायको अवस्था खतरामुक्त रहेको जनाएको छ। उनकी बहिनी रोमीरका अनुसार रायलाई आईसीयूबाट नर्मल बेडमा सारिएको छ।
अहिले उनको स्पिच थेरापी र फिजियो थेरापी चलिरहेको जनाएको छ। तैपनि अझै उनले केही दिन अस्पतालमै बस्नुपर्नेछ।
ब्रेन स्टोकका कारण उनको शरीरको दाहिने भागमा असर परेको जनाएको छ। विशेष गरेर दाहिने हात र अनुसारमा समस्या रहेको जनाएको छ।
राहुले आशिकी फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए। उनले जुनुन, फिर तेरी कहानी याद आई, नसीब, एलान र कैबरेजस्ता फिल्ममा अभिनय गरेका थिए।












