Kathmandu Press

नगरवासीको आर्थिक अवस्थाको तथ्यांक संकलन गर्दै माडी

चितवन, मंसिर १८ : माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्यांक संकलन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ।नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका...
नगरवासीको आर्थिक अवस्थाको तथ्यांक संकलन गर्दै माडी

चितवन, मंसिर १८ : माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्यांक संकलन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ।

नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो। मेयर ठाकुर ढकालका अनुसार अब पाँच दिनभित्र खटिएकाले नगरपालिकालाई विवरण बुझाउँदै छन्।

विवरण आएसँगै नगरपालिकाको वास्तविक जनसङ्ख्या र उनीहरूको आर्थिक अवस्था थाहा हुनेछ। एक व्यक्तिले वार्षिकरूपमा कति आम्दानी गर्दछ, स्वदेशमा र विदेशमा कहाँ रोजगारी गर्दछ, व्यापार व्यवसाय के सञ्चालन गरेको छ जस्ता आर्थिकसँग जोडिएका सबै तथ्य प्राप्त हुने उनले बताए।

नगरवासीको बैंक खातादेखि जग्गाको अवस्थासमेत नगरपालिकालाई जानकारी हुने गरी विवरण सङ्कलन गरिएको छ। यही तथ्याङ्कको आधारमा नगरवासीलाई वर्गीकरण गरेर आवश्यक सहयोग गरिने उनले बताए।

अति विपन्नको सूचीमा परेकालाई जीवनस्तर उकास्नका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने भएको छ। 'हामी अति विपन्नका लागि स्वास्थ्य, शिक्षालगायतमा के सहयोग गर्न सक्छौँ? योजना बनाएर काम गर्ने छौँ,' उनले भने।

पहिलो चरणमा अति विपन्नलाई नगरपालिकाले रकम तिरेर स्वास्थ्य बिमा गरिदिने ढकालको भनाइ छ। यसका लागि नगरपालिकाले ५० लाख विनियोजन गरेको छ। नगरपालिकाले विपन्न एक परिवारलाई एक लाख बराबरको स्वास्थ्य बिमा गर्न लागेको हो। नगरपालिकामा ४४ हजार जनसङ्ख्या रहेको छ। (रासस)

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्