Kathmandu Press

प्रदेश १ मा निःशुल्क पाठेघर परीक्षण

विराटनगर, मंसिर १८ : प्रदेश १ मा जिल्ला अस्पतालबाट पाठेघरको निःशुल्क परीक्षण सेवा सुरु भएको छ।धनकुटाको जिल्ला अस्पतालबाट यो सेवा सुरु भएको प्रदेश...
प्रदेश १ मा निःशुल्क पाठेघर परीक्षण

विराटनगर, मंसिर १८ : प्रदेश १ मा जिल्ला अस्पतालबाट पाठेघरको निःशुल्क परीक्षण सेवा सुरु भएको छ।

धनकुटाको जिल्ला अस्पतालबाट यो सेवा सुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. जयवेन्द्र यादवले बताए। उनले सेवा सुरु भएकै दिन सात महिलाको नमूना सङ्कलन गरिएको र एलबीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने बताए।

पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको उद्घाटन गर्दै प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए। उनले क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए।    

जिल्लास्तरबाट सेवा सुरु भएको जानकारी स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना रहेको बताए। चालु आर्थिक वर्षभित्रमा धनकुटा जिल्ला अस्पतालाई एक सय शय्यासहितको अस्पतालमा स्तरोन्नति गरिने उनकाृ भनाइ थियो।

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्